नेपाल सरकार

कृषि विकास मन्त्रालय

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

बबरमहल, काठमाण्डौ

   बबरमहल, काठमाण्डौ, नेपाल
 सम्पर्क नं.: +९७७-१-४२६२३६९, ४२६२७४१
 फ्याक्स : +९७७-1-४२६२३३७
 E-mail: info@dftqc.gov.np

Modified Date : 2017-04-21

नेपाल सरकार

कृषि विकास मन्त्रालय

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

स्याउ प्रशोधन केन्द्र

जुम्ला

फोन नं.   ०८७ ५२००४३                                                                                                                                                                                                      इमेल  apcjumla@gmail.com

नेपालको मध्य पश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलको पाँच हिमाली जिल्लाहरू मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हो । स्याउ उत्पादनको दृष्टिकोणले उपयुक्त हावापानी भएको जुम्ला जिल्लामा सडक यातायात नपुगेर हवार्इ मार्गबाट स्याउको ढुवानी गर्दा धेरै नै महँगो पर्न जाने कुरा लाइ दृष्टिगत गरी बि. स. २०४३ मा स्व. राजा विरेन्द्र बाट जिल्ला भ्रमणको क्रममा अ।देश भए बमोजिम स्याउ प्रशोधन उद्योगको नामबाट स्थापना भयो । बि. स. २०५० मा यस कार्यालयको नाम परिवर्तन भर्इ स्याउ प्रशोधन केन्द्र भयो । यस कार्यालयले स्थानीय स्तरमा उत्पादित स्याउको अधिकतम सदुपयोग गराउनका निमित्त स्थानीय कृषक तथा खाद्य उद्यमी लाइ स्याउ प्रशोधन, पोषण तथा खाद्य स्वच्छता सम्बन्धी सीप विकास कार्यक्रम, स्याउ प्रशोधन स्तरमा सुधार गर्नको अध्ययन ट्रायल, स्याउ प्रशोधनको निमित्त प्राविधिक सेवा / टेवा उपलब्ध गराउनु का साथै नियमित बजार, होटेल, रेष्टुरेन्ट तथा खाद्य उद्योग निरीक्षण अनुगमन गर्दै अ।एको छ । यस कार्यालयको कार्यक्षेत्र कर्णाली अञ्चलका पाँच जिल्लाहरू जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा रहेका छन् । केही वर्ष अघि मात्र सडक सञ्जालले छोएपछि यस जिल्ला लाइ केन्द्र र तराइ सँगको सम्पर्कमा सहजता भएको र यही कारणले गर्दा यस क्षेत्रको जीवनयापनमा पनि सहजता भइरहेको छ ।

उद्देश्यहरू

१.       खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य एन तथा नियमावली कार्यान्वयन गराउने

२.      स्थानीय स्तरमा उत्पादित स्याउको अधिकतम सदुपयोग गराउनका निमित्त स्याउ, तरकारी तथा अन्य खाद्य पदार्थ को प्रशोधन, संरक्षण तथा प्याकेजिङ प्रविधिको विकास, अनुसन्धान एवं परामर्श सेवा तथा तालिम मार्फत खाद्य प्रशोधन उद्योग विशेषतः स्याउमा अ।धारित प्रशोधन उद्योगको प्रवर्धनमा सहयोग गर्ने

३.      पोषण युक्त खाद्य वस्तुको पहिचान, परिकार विकास र पोषण शिक्षा जस्ता कार्यक्रम संचालन गरी जनताको पोषण स्तरको सुधारमा सहयोग पुर्याउने

प्रमुख कार्यक्रमहरू

१.        स्याउ प्रशोधन तालिम

२.      खाद्य पोषण तालिम

३.      उपभोक्ता भेला

४.      होटल रेस्टुरेन्ट निरिक्षण अनुगमन

५.      खाद्य बजार निरिक्षण अनुगमन

६.       खाद्य बजार निरिक्षण अनुगमनबाट नमुना संकलन

७.      खाद्य तथा दाना नमूना विश्लेषण

८.      सूचना संन्देश प्रचार प्रसार

९.       परामर्श सेवा

 

कर्मचारी विवरण

क्र.स.

नाम

पद

सम्पर्क विवरण

कैफियत

अमित भूषण सुमन

खाद्य अनुसन्धान अधिकृत

फोन ०८७ ५२००४३

 

मोबाइल ९८४३१३०९४२

इमेल amt.smn23@gmail.com

-

प्राविधिक सहायक

 

रिक्त

-

लेखापाल

 

रिक्त

-

ल्याब ब्वार्इ

 

रिक्त

कृष्ण महतारा

कार्यालय सहयोगी

Mob: ९८४८३१३२०४

 

शान्ती देवी पाण्डे मगर

कार्यालय सहयोगी

 

करार