विभागले निम्नानुसारका कार्यहरू गर्दै आएको छ।
क) खाद्य गुण नियन्त्रण तथा दाना गुण नियन्त्रण
-
तालिम प्राप्त निरीक्षकहरूवाट नियमित एवम् आकस्मिकरूपमा बजार तथा उद्योग निरीक्षण गरी कुशल उत्पादन प्रकृयाअनुरूप उत्पादन भए नभएको अनुगमन गरी गुणस्तरसम्बन्धी अनुसन्धान गर्ने र विशेष गरी न्यून गुणस्तरका खाद्य वस्तुहरूका नमूना सङ्कलन, सङ्कलित नमूनाहरूको प्रयोगशाला विश्लेषण, विश्लेषणबाट प्राप्त नतिजाहरूको आधारमा न्यून गुणस्तर वा दूषित देखिएकोमा प्रचलित खाद्य तथा दाना ऐन नियमअनुसार कानूनी कारवाही ।
-
खाद्य उद्योग स्थापना गर्न अनुज्ञापत्र प्रदान, नवीकरण, नियमन एवम् परामर्श सेवा ।
-
आयात निर्यात हुने खाद्य वस्तुहरूको गुण नियमन एवम् प्रमाणीकरण ।
-
खाद्य वस्तुहरूको उत्पादन, सञ्चयन तथा बिक्री वितरणमा हुने अस्वस्थकर गतिविधि नियन्त्रण गर्न विभिन्न माध्यमबाट उपभोक्ता सचेतना कार्यक्रम।
ख) खाद्य प्रविधि विकास एवम् विस्तार
-
फलफूल, तरकारी, खाद्यान्न, माछा मासु र दूग्ध पदार्थमा आधारित प्रशोधन प्रविधिहरूको विकास एवम् प्रसार ।
-
खाद्य उद्योग स्थापना गर्न चाहने उद्यमी व्यवसायीहरूको लागि तालिम कार्यक्रम सञ्चालन ।
-
खाद्य उद्योगहरूको लागि प्राविधिक सेवा टेवा प्रदान कार्यक्रम ।
-
दुर्गम स्थानमा उत्पादन हुने फलफूलहरू संरक्षण गर्न उपयुक्त ढुवानी तथा परिवहन प्रविधि तथा प्याकेजिङ प्रविधिको विकास, प्रसार ।
-
कृषि उपजमा उत्पादनोपरान्त हुने क्षति कम गर्न अध्ययन अनुसन्धान गरी प्रचार प्रसार ।
ग) खाद्य पोषण कार्यक्रम
-
देशका विभिन्न भौगोलिक क्षेत्र तथा वर्ग विशेषको पोषण स्थिति सर्वेक्षण गरी कुपोषणमा सुधार ल्याउन स्थानीयस्तरमै अवलम्वन गर्न सकिने उपायहरू वारेको जानकारी गराउने ।
-
खाद्य वस्तुहरूको पौष्टिक तत्त्वहरूको अध्ययन अनुसन्धान गरी खाद्य पोषण तालिका निर्माण एवम् प्रसार ।
-
पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन ।
-
पोषणसम्बन्धी तालिम कार्यक्रम सञ्चालन ।
घ) प्रयोगशाला विश्लेषण सेवा
-
तोकिएको दस्तुरसहित अनुरोध भै आएमा खाद्य एवम् पेय पदार्थ जाँचको लागि प्रयोगशाला सेवा ।
ङ) एस पी एस इन्क्वाइरी पोइन्ट
विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूबीच हुने व्यापारलाई सहज गर्न एस पी एस प्रावधानहरूबारे देशभित्र र बाहिरका सम्बन्धित व्यक्ति वा निकायहरूकाबीचमा फोकल पोइन्टको रूपमा कार्य गर्ने । यसका लागि सदस्य राष्ट्रका व्यवसायी एवम् संघ संस्थाबाट सम्वन्धित ऐन, नियम, मापदण्ड, मार्गदर्शन आदिको माग भै आएमा र नेपालका उद्यमी व्यवसायीहरुले एस पी एस सम्बन्धी जानकारी उपलव्ध गराउन अनुरोध गरेमा उपलव्ध गराउने कार्य ।