खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडा
ऐतिहासिक पृष्ठभूमि तथा सामान्य परीचयः
नेपालकोतत्कालीनमध्यमाञ्चलविकासक्षेत्रअन्तर्गतवि.सं. २०३२सालमाक्षेत्रीयखाद्यप्रयोगशालाकोनामबाटमकवानपुरकोहेटौंडाऔद्योगिकक्षेत्रमायसकार्यालयकोस्थापनाभएकोहो।क्षेत्रीयकार्यालयहरुकोअवधारणाअनुरुपनेपालसरकार, कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत देशका ५ वटै विकास क्षेत्रहरुमा रहेका तत्कालीन क्षेत्रीय प्रयोगशालाको पुनः नामाकरण मिति २०६०।८।४ को मन्त्रिपरीषद् र मिति २०६०।१२।२३ को सामान्य प्रशासन मन्त्रालयको निर्णयानुसार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको रुपमा नामाकरण भई कार्य सञ्चालन गर्दै आएको थियो । तत्कालीन क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको कार्यक्षेत्र अन्तरगतः धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन गरि ९ वटा जिल्लाहरु रहेका थिए । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र चितवन गरि ६ जिल्लामा खाद्य निरिक्षक इकाईहरु समेत स्थापित भई कार्य सञ्चालनमा रहेका थिए । वि.स. २०७५/०३/३२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट विभागको पुनर्संरचना तथा विस्तार भई हाल यस कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडाको रुपमा कायम रहेको छ ।
नयाँ संरचना अनुसार यस कार्यालय मातहत प्रदेश नं ३ अन्तर्गतका ५ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय (सिन्धुलि, चितवन, काठमाण्डौ, काभ्रे र नुवाकोट) रहेको छ ।
कार्यालयको कार्यक्षेत्रः
क) खाद्य तथा दाना स्वच्छता तथा गुणस्तर नियमन
ख) खाद्य प्रविधि तथा पोषण
ग) खाद्य तथा दानाप्रयोगशाला
१. स्वदेशमा उत्पादन हुने खाद्य वस्तुहरु तथा दाना पदार्थहरुको जांच विश्लेषण सेवा
२. भौतिक तथा रासायनिक प्रयोगशाला सेवा तथा शुक्ष्मजैविकप्रयोगशालासेवा
३. प्रयोगशाला सम्बन्धी तालीम एवं क्षमता अभिवृद्धि कार्यक्रम
· पुरा ठेगानाःएच. आई.डी. – ८, हेटौडा, मकवानपुर
कार्यालय भवनको फोटो, वाहीरी भ्यु, अफिस वोर्ड देखिनेगरी ।
· संपर्क नम्वर: ०५७४१२८१९
· इमेलःrftqcohtd@gmail.com
कार्यालय प्रमुखको नाम फोटो र फोन नः
नाम: सोमकान्त रिजाल(ब.खा.अ.अ.)
फोन नं. : ९८५५०८८५४३
· सुचना अधिकारीको नाम फोटो फो नः
नाम: श्रृजना महर्जन (खा.अ.अ.)
फोन नं.: ९८५५०१४५४३