प्रकाशित मिति : २०२०-०१-२२ (अद्यावधिक मिति : २०२०-०१-३०)

Download नेपाल असल कृषि अभ्यास प्रमाणिकरण

स्वास्थ्य तथा आर्थिक दुबै पक्षबाट खाद्य स्वच्छताको महत्व दिनानुदिन बढ्दै गईरहेको छ । खाद्यजन्य रोगहरुको प्रकोपबाट उपभोक्तालाई बचाउन खाद्य बस्तुको सुरक्षित उत्पादन तथा ब्यबस्थापन अति जरुरि हुन्छ । असल कृषि अभ्यास (Good Agricultural Practices/GAP) एउटा कृषि उत्पादन पद्धति हो जसमा स्वच्छ तथा गुणस्तरीय कृषि उत्पादनको लागि नियन्त्रण विन्दुहरुको पहिचान गरी निरीक्षण जाँचको मापदण्डहरु वा प्रावधान तयार पारिन्छ र त्यसैको अनुशरण गरी गुणस्तरीय उपज उत्पादन र बजारिकरण गरिन्छ । अर्को शब्दमा भन्दा, सुरक्षित र स्वास्थ्य खाद्य तथा अखाद्य कृषि बस्तुहरुको उत्पादन गर्न उत्पादन र उत्पादनोपरान्त पालना गरिने कृषि कार्य अर्थात विविध प्रक्रियाहरुको संगालोलाई नै असल कृषि अभ्यास (Good Agricultural Practices/GAP)  भनिन्छ । यस पद्धतिमा मानव स्वास्थ्य र वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावहरुलाई न्यूनीकरण गर्न प्रयास गरिन्छ । असल कृषि अभ्यासको लागि संसारका धेरै देशहरुले यस अघिनै थुप्रै प्रयासहरु गरेको पाइन्छ । अन्तर्राष्ट्रिय स्तरमा GlobalGAP कार्यान्वयनमा रहेको छ । एशियाका थुप्रै देशहरु र नेपालका छिमेकी देश चीन र भारतले पनि आवश्यकता र उत्पादनका व्यवधानहरुलाई आधार बनाई आ–आफ्ना राष्ट्रिय असल कृषि अभ्यासको मापदण्डहरु बनाई कार्यान्वयन गरिरहेका छन् । यी मापदण्ड अपनाई उत्पादन भएका गुणस्तरीय कृषि उपजहरुको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेकोले त्यस्ता उपजहरुको निकासीबाट ती मुलुकहरुले ठूलो धनराशी आम्दानी गर्ने गरेका छन् । अर्कोतर्फ यी उपजहरु पर्यावरणीय र मानव स्वास्थ मैत्री भएकोले घरेलु बजारमा समेत माग बढ्दै गरेको पाइन्छ । यसर्थ असल कृषि अभ्यासले कृषि उत्पादनको प्रतिस्पर्धात्मकता वृद्घि गर्नुका साथै यसले दिगो कृषिलाई समेत योगदान गर्दछ । नेपालमा पनि कृषि बिकास मन्त्रालयद्घारा SARRCGAP लाई आधार मानी NepalGAP मापदण्ड तयार गरिएको छ । आफ्नो कृषि उत्पादन प्रणालिलाई असल कृषि अभ्यास प्रमाणिकरण गरि उत्पादकले उत्पादित कृषि उपज निश्चित मापदण्डहरु पुरा गरि उत्पादन गरिएकाले स्वच्छ र सुरक्षित छ भन्ने कुरा उपभोक्ताहरुलाई सुनिश्चित गराउन सक्छ । असल कृषि अभ्यास प्रमाणिरण गरिएको कृषि उपज राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा सजिलै  प्रतिस्पर्धा गरि उचित मुनाफा दिई कृषकको आयआर्जनमा समेत वृद्घि हुने भएकाले यसको महत्व दिनानुदिन बद्दो छ । असल कृषि अभ्यास प्रमाणिकरण (GAP Certification) स्वेच्छिक प्रमाणिकरण मापदण्ड भएकाले कानुनि रुपमा सम्पुर्ण कृषकवर्ग असल कृषि अभ्यास प्रमाणिकरण गर्न बाध्य नभएपनि इच्छुक कृषक, कृषक समुह, सहकारी वा कम्पनिले आफ्नो कृषि उत्पादन प्रणालिको असल कृषि अभ्यास प्रमाणिकरण (GAP Certification) गर्न सक्नेछन् ।

 

नेपाल असल कृषि अभ्यासका मापदण्ड

(NepalGAP Standards)

नेपाल असल कृषि अभ्यासका मापदण्ड अन्तर्गत निम्नअनुसारका पाँचवटा मोड्युलहरु रहेका छन ।

क. खाद्य स्वच्छता मोड्युल

(Food Safety Module)

ख. पर्यावरण व्यवस्थापन मोड्युल

(Environment Management Module)

ग. उत्पादन गुणस्तर मोड्युल

(Product Quality Module)

घ. कामदारको स्वास्थ, सुरक्षा र हित मोड्युल

(Worker health, safety and welfare Module)

ङ. सामान्य आवश्यकता मोड्युल

(General Requirement Module)

उल्लेखित ५ मोड्युलहरु मध्ये खाद्य स्वच्छता मोड्युल (Food Safety Module) र सामान्य आवस्यकता मोड्युल (General Requirement Module)  अनिवार्य मापदण्डका रुपमा रहेका छन भने अन्य मोड्युलहरु स्वेच्छिक छन ।

नेपाल असल कृषि अभ्यास प्रमाणिकरण निकाय

(Nepal GAP Certification Body)

नेपाल असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका, २०७५ अनुसार नेपाल असल कृषि अभ्यास प्रमाणिकरण निकायको रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई तोकिएको छ । इच्छुक कृषक, कृषक समुह, सहकारि वा कम्पनिले आफ्नो कृषि उत्पादन प्रणालिको असल कृषि अभ्यास प्रमाणिकरण (GAP Certification) का लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको असल कृषि अभ्यास प्रमाणिकरण निकायमा प्रक्रिया बमोजिम आवेदन दिन सक्नेछन् ।

 

सम्पर्क विवरण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

बबरमहल ,काठमाण्डौँ, नेपाल

सम्पर्क नं. :+९७७-१-४२६२३६९, ४२६२४३०

फ्याक्स :+९७७-१-४२६२३३७

ईमेल: info@dftqc.gov.np

वेव : www.dftqc.gov.np

वेवसाइट हेरिएको

   भिडियो ग्यालरी थप हेर्नुहोस्

नेपालको राष्ट्रिय गान