Government Of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Food Technology and Quality Control

Babarmahal,Kathmandu

Nepal Flag
July 20, 2025

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडा

पुराठेगाना: एच. आई.डी. – ८, हेटौडा, मकवानपुर
स्थापना मिति: वि.स. २०३२
इमेल ठेगाना: rftqcohtd@gmail.com
सम्पर्क नम्बर: ०५७४१२८१९
कार्यालय प्रमुख: श्री काशीनाघ घिमिरे
कार्यालय प्रमुख: ९८५५०८८५४३
सुचना अधिकारी: प्रगति अधिकारी
सुचना अधिकारी: ९८५५०१४५४३

यस कार्यालयले उपलब्ध गराउने सेवाहरु:
यस कार्यालयका कार्यक्षेत्रहरु:

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडा

ऐतिहासिक पृष्ठभूमि तथा सामान्य परीचयः

नेपालको तत्कालीन मध्यमाञ्चल विकासक्षेत्र अन्तर्गतवि.सं. २०३२ सालमा क्षेत्रीय खाद्य प्रयोगशालाको नामबाट मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा यस कार्यालयको स्थापना भएको हो।क्षेत्रीय कार्यालयहरुको अवधारणा अनुरुप नेपाल सरकार, कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत देशका ५ वटै विकास क्षेत्रहरुमा रहेका तत्कालीन क्षेत्रीय प्रयोगशालाको पुनः नामाकरण मिति २०६०।८।४ को मन्त्रिपरीषद् र मिति २०६०।१२।२३ को सामान्य प्रशासन मन्त्रालयको निर्णयानुसार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको रुपमा नामाकरण भई कार्य सञ्चालन गर्दै आएको थियो । तत्कालीन क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको कार्यक्षेत्र अन्तरगतः धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन गरि ९ वटा जिल्लाहरु रहेका थिए । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र चितवन गरि ६ जिल्लामा खाद्य निरिक्षक इकाईहरु समेत स्थापित भई कार्य सञ्चालनमा रहेका थिए । वि.स. २०७५/०३/३२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट विभागको पुनर्संरचना तथा विस्तार भई हाल यस कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडाको रुपमा कायम रहेको  छ ।

नयाँ संरचना अनुसार यस कार्यालय मातहत प्रदेश नं ३ अन्तर्गतका ५ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय (सिन्धुलि, चितवन, काठमाण्डौ, काभ्रे र नुवाकोट) रहेको छ ।

कार्यालयको कार्यक्षेत्रः

क) खाद्य  तथा दाना स्वच्छता तथा गुणस्तर नियमन

  • खाद्य तथा दाना उद्योग स्थापनार्थ सिफारीस, अनुज्ञापत्र जारी तथा निरीक्षण
  • खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि तालीम, प्रचार प्रसार
  • खाद्य तथा दाना उद्योग/बजार निरिक्षण, नमूना संकलन र कारवाही
  • होटल रेष्टुरेन्ट, मिठाइ पसल अनुगमन निरिक्षण
  • खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि उपभोक्ता शिक्षा तथा जनचेतना
  • खाद्य स्वच्छता सम्बन्धि दिवस, चाड पर्व, मेला लक्षित विशेष कार्यक्रम

ख) खाद्य प्रविधि तथा पोषण

  • खाद्य प्रविधि तथा पोषण अनुसन्धान कार्यक्रम
  • खाद्य प्रशोधन तथा खाद्य पोषण तालिम, प्रचार प्रसार, सुचना तथा संचार कार्यक्रम
  • खाद्य प्रविधि तथा पोषण अनुसन्धान तथा विकास कार्यक्रम
  • तालिम, सुचना तथा संचार कार्यक्रम
  • स्वरोजगार सृजनाका लागि सिप मूलक तालिम
  • उद्यमी व्यवसायी उन्मूख प्रविधि विकास तथा परामर्श सेवा
  • सामूदायिक पोषण सुधार कार्यक्रमस्थानीय खाद्य पदार्थहरुको पौष्टिकता पहिचान तथा पोषिला स्थानीय खानाको प्रचार प्रसार, खानेबानीमा सुधार सम्बन्धी कार्यक्रम प्रदर्शन, मेला आदि ।

ग) खाद्य तथा दाना प्रयोगशाला

१. स्वदेशमा उत्पादन हुने खाद्य वस्तुहरु तथा दाना पदार्थहरुको जांच विश्लेषण सेवा

२. भौतिक तथा रासायनिक प्रयोगशाला सेवा तथा शुक्ष्म जैविक प्रयोगशाला सेवा

३. प्रयोगशाला सम्बन्धी तालीम एवं क्षमता अभिवृद्धि कार्यक्रम

·         पुरा ठेगानाः एच. आई.डी. – ८, हेटौडा, मकवानपुर

कार्यालय भवनको फोटो, वाहीरी भ्यु, अफिस वोर्ड देखिनेगरी ।

·         संपर्क नम्वर: ०५७४१२८१९

·         इमेलःrftqcohtd@gmail.com

 

कार्यालय प्रमुखको नाम  फोटो र फोन नः

नाम: श्री काशीनाथ घिमिरे (ब.खा.अ.अ.)

फोन नं. : ९८५५०८८५४३

                                                                                                                                                    सुचना अधिकारीको नाम  फोटो फो नः

नाम: प्रगति अधिकारी (खा.अ.अ.)

फोन नं.: ९८५५०१४५४३