• खाद्य वस्तुहरुमा स्वच्छता तथा गुणस्तर नियमन गर्ने ।
• दाना पदार्थहरुमा स्वच्छता कायम गर्ने ।
• प्रयोगशाला परिक्षण सेवा दिने ।
• खाद्य वस्तुवाट हुन सक्ने संभाव्य जोखिम तथा चुनौती पहिचान गर्न विशेष परिक्षण /अनुसन्धान गर्ने ।
• प्रयोगशाला एक्रेडिटेशन सम्बन्धी कार्य गर्ने ।
• आयात/निर्यात सहजीकरणको लागि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्य गर्ने।
• एस पि एस ईन्क्वायरी प्वाईण्ट मार्फत एस पि एस सम्बन्धी सेवा दिने ।
• खाद्य प्रौद्योगिकरणमा टेवा पु-याउन उपयुक्त एवं व्यवसायमूलक प्रविधिहरुको विकास एवं सीपमूलक तालिमहरु दिने ।
• खाद्य वस्तुहरुको पौष्टिक तत्व विश्लेषण गर्ने ।
• खाद्य पोषण ज्ञान विस्तार कार्यक्रम सञ्चालन गर्ने ।
• बाल आहार तथा पोषिलो आहार विकास गरि प्रचार प्रसार गर्ने ।
• न्यून उपभोग एवं अल्प प्रचलनमा रहेका खाद्य वस्तुहरुको पौष्टिक तत्व पहिचान तथा परिकार विकास गरी प्रचार प्रसार गर्ने ।