Department of Food Technology and Quality Control

Government of Nepal
Ministry of Agriculture and Livestock Development

Department of Food Technology and Quality Control

Babarmahal,Kathmandu

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुर


पुराठेगाना: भानुचौक, जनकपुरधाम उपमहानगरपालिका वडा नं. २, धनुषा
स्थापना मिति: वि.स. २०७५/०३/३२
इमेल ठेगाना:  ftqcoj@gmail.com
सम्पर्क नम्बर: ०४१-५९०११७
कार्यालय प्रमुख: श्री विजय खनाल
कार्यालय प्रमुख: 9854021116
सुचना अधिकारी: श्री ।।।।
सुचना अधिकारी: 9854021117

यस कार्यालयले उपलब्ध गराउने सेवाहरु:
यस कार्यालयका कार्यक्षेत्रहरु:

कार्यालयको परिचयः

वि.स. २०७५/०३/३२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पुनर्संरचना तथा विस्तार भई  यस कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामको  स्थापना भएको छ । यस कार्यालय मातहत ४ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरु सप्तरी जलेश्वर सर्लाही र पर्सा रहेका छन ।

कार्यालयको कार्यक्षेत्रः

क) खाद्य  तथा दाना स्वच्छता तथा गुणस्तर नियमन

  • खाद्य तथा दाना उद्योग स्थापनार्थ सिफारीस, अनुज्ञापत्र जारी तथा निरीक्षण
  • खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि तालीम, प्रचार प्रसार
  • खाद्य तथा दाना उद्योग/बजार निरिक्षण, नमूना संकलन र कारवाही
  • होटल रेष्टुरेन्ट, मिठाइ पसल अनुगमन निरिक्षण
  • खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि उपभोक्ता शिक्षा तथा जनचेतना
  • खाद्य स्वच्छता सम्बन्धि दिवस, चाड पर्व, मेला लक्षित विशेष कार्यक्रम

ख) खाद्य प्रविधि तथा पोषण

  • खाद्य प्रविधि तथा पोषण अनुसन्धान कार्यक्रम
  • खाद्य प्रशोधन तथा खाद्य पोषण तालिम, प्रचार प्रसार, सुचना तथा संचार कार्यक्रम
  • खाद्य प्रविधि तथा पोषण अनुसन्धान तथा विकास कार्यक्रम
  • तालिम, सुचना तथा संचार कार्यक्रम
  • स्वरोजगार सृजनाका लागि सिप मूलक तालिम
  • उद्यमी व्यवसायी उन्मूख प्रविधि विकास तथा परामर्श सेवा
  • सामूदायिक पोषण सुधार कार्यक्रमस्थानीय खाद्य पदार्थहरुको पौष्टिकता पहिचान तथा पोषिला स्थानीय खानाको प्रचार प्रसार, खानेबानीमा सुधार सम्बन्धी कार्यक्रम प्रदर्शन, मेला आदि ।

ग) खाद्य तथा दानाप्रयोगशाला

१. स्वदेशमा उत्पादन हुने खाद्य वस्तुहरु तथा दाना पदार्थहरुको जांच विश्लेषण सेवा

२. भौतिक तथा रासायनिक प्रयोगशाला सेवा तथा शुक्ष्मजैविकप्रयोगशालासेवा

३. प्रयोगशाला सम्बन्धी तालीम एवं क्षमता अभिवृद्धि कार्यक्रम

कार्यालयको नाम: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय

ठेगाना: भानुचौक, जनकपुरधाम उपमहानगरपालिका वडा नं. २, धनुषा

सम्पर्क नं.: ०४१-५९०११७

ईमेल: ftqcoj@gmail.com

 

 

कार्यालय प्रमुखको नाम : ब.खा.अ.अ. श्री विजय खनाल,  फोन नः 9854021116

सुचना अधिकारीको नाम खा.अ.अ. श्री  ,9854021117

कार्यक्षेत्र: प्रदेश नम्वर २ का जिल्लाहरुः

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा

मातहतका डिभिजन कार्यालयहरु: सप्तरी जलेश्वर सर्लाही र पर्सा

कर्मचारीहरुको विवरण: