कार्यालयको परिचयः
खाद्य ऐन २०२३ लागू गरी स्वच्छ, गुणस्तरीय र पोषणयुक्त खाद्य पदार्थको आपूर्ति एकिन गरी आम उपभोक्ताको हक हित र स्वास्थ्य रक्षा गर्ने, दाना पदार्थ ऐन २०३३ लागू गरी दाना पदार्थमा गुणस्तरीयता कायम गर्ने प्रमुख उद्देश्यका साथ “खाद्य प्रयोगशाला, पोखरा” २०५१ सालमा स्थापना भएको थियो । खाद्य पदार्थको उत्पादन तथा बजारको सघनतालाई मध्यनजर गर्दै स्रोतमा नै गुणस्तर नियमन गर्नुपर्ने आवश्यकता महशुस गरी बि.स. २०६१ सालमा उक्त प्रयोगशाला भैरहवा स्थान्तरण गरियो । बि.स. २०६१ सालदेखि यस प्रयोगशालाको नाम “क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय” रहन गयो । बि.स. २०७२ सालमा नयाँ संविधान जारी भए पछि सोहि अनुरुपको संरचना निर्माण गर्ने क्रममा मिति २०७५/०४/०१ देखि यस कार्यालयको नाम “खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय” रहेको छ । यस कार्यालयको कार्य क्षेत्र साविकमा पश्चिमान्चल बिकास क्षेत्रले ओगटेका १७ जिल्ला भएकोमा मिति २०७९/०४/१६ को बिभाग स्तरीय निर्णय अनुसार देहायका ६ जिल्ला रहेका छन् ।
कार्यालय प्रमुखको नाम : ब.खा.अ.अ. श्री अनुप हलवाई, फोन नः ९८५७०१५१५७
सुचना अधिकारी: ज्योत्स्ना शर्मा अधिकारी फोन नः ९८५७०१७२९४
सम्पर्क नं.: ०७१-४२१००५, ०७१-४२१०९५
ईमेल: rftqcobhw@gmail.com
कार्यक्षेत्र: नवलपरासी (ब.सु. पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्ला
डिभिजन कार्यालयहरु: कपिलवस्तु, पाल्पा
यस कार्यालयको क्रियाकलाप
क) खाद्य तथा दाना स्वच्छता तथा गुणस्तर नियमन
- खाद्य तथा दाना उद्योग स्थापनार्थ सिफारीस, अनुमतिपत्र जारी तथा निरीक्षण
- खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि तालीम, प्रचार प्रसार
- खाद्य तथा दाना उद्योग/बजार निरिक्षण, नमूना संकलन र कारवाही
- होटल रेष्टुरेन्ट, मिठाइ पसल अनुगमन निरिक्षण
- खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि उपभोक्ता शिक्षा तथा जनचेतना
- खाद्य स्वच्छता सम्बन्धि दिवस, चाड पर्व, मेला लक्षित विशेष कार्यक्रम
ख) खाद्य प्रविधि तथा पोषण
- खाद्य प्रविधि तथा पोषण अनुसन्धान कार्यक्रम
- खाद्य प्रशोधन तथा खाद्य पोषण तालिम, प्रचार प्रसार, सुचना तथा संचार कार्यक्रम
- खाद्य प्रविधि तथा पोषण अनुसन्धान तथा विकास कार्यक्रम
- तालिम, सुचना तथा संचार कार्यक्रम
- स्वरोजगार सृजनाका लागि सिप मूलक तालिम
- उद्यमी व्यवसायी उन्मूख प्रविधि विकास तथा परामर्श सेवा
- सामूदायिक पोषण सुधार कार्यक्रम स्थानीय खाद्य पदार्थहरुको पौष्टिकता पहिचान तथा पोषिला स्थानीय खानाको प्रचार प्रसार, खाने बानीमा सुधार सम्बन्धी कार्यक्रम प्रदर्शन, मेला आदि ।
ग) खाद्य तथा दानाप्रयोगशाला
१. स्वदेशमा उत्पादन हुने खाद्य वस्तुहरु तथा दाना पदार्थहरुको जांच विश्लेषण सेवा
२. भौतिक तथा रासायनिक प्रयोगशाला सेवा तथा शुक्ष्म जैविक प्रयोगशाला सेवा
३. प्रयोगशाला सम्बन्धी तालीम एवं क्षमता अभिवृद्धि कार्यक्रम
|
क्र.सं. |
कर्मचारीको नाम/थर |
पद |
सेवा/समुह/श्रेणी |
|---|---|---|---|
|
१ |
अनुप हलवाई |
व.खा.अ.अ. |
नेपाल कृषि/खा.पो.गु.नि./रा.प.द्धितीय |
|
२ |
ज्योत्स्ना शर्मा अधिकारी |
खा.अ.अ. |
नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृतीय |
|
३ |
टिका निरौला |
खा.अ.अ. |
नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृतीय |
|
४ |
श्रवण कुमार ढुङ्गाना |
खा.अ.अ. |
नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृतीय |
|
५ |
हेमन्त गौतम |
खा.अ.अ. |
नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृतीय |
|
६ |
गौरी हमाल |
प्रा.स. |
नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.प्रथम |
|
७ |
सोनिला गौतम |
प्रा.स. |
नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.प्रथम |
|
८ |
लीला खनाल |
प्रा.स. |
नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.प्रथम |
|
९ |
रिक्त |
प्रा.स. |
नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.प्रथम |
|
१० |
रिक्त |
प्रा.स. |
नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.प्रथम |
|
११ |
स्वेच्क्षा पौडेल |
ना.प्रा.स. |
नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.द्धितीय |
|
१२ |
रिक्त |
खा.अ.अ. |
माइक्रोवालोजी/रा.प. तृतीय |
|
१३ |
रिक्त |
क.अ. |
नेपाल विविध/रा.पअनं. प्रथम |
|
१४ |
रामशरण चाई |
ह.स.चा. |
प्रशासन/सा.प्र./श्रेणीविहिन |
|
१५ |
ठाकुर भण्डारी |
का.स. |
प्रशासन/सा.प्र./श्रेणीविहिन |
|
१६ |
गोमा भण्डारी |
का.स. |
प्रशासन/सा.प्र./श्रेणीविहिन |