खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बिराटनगर

कार्यालयको परिचयः

 पुर्वाञ्चल क्षेत्रमा उपभोक्ताको स्वास्थ्य रक्षाको लागि खाद्य गुण नियन्त्रण गर्न र खाद्य पोषण तथा प्रविधि प्रसार गर्न वि.सं. २०३५ सालमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा पूर्वाञ्चल खाद्य प्रयोगशाला को रुपमा यस क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको स्थापना भएको थियो । वि.सं. २०४६ सालमा यस कार्यालयको नाम पुर्वाञ्चल खाद्य विश्लेषण प्रयोगशाला नामाकरण गरियो । वि.सं. २०५० मा पुनः यस कार्यालयको नाम परिवर्तन गरि क्षेत्रीय खाद्य विश्लेषण प्रयोगशाला नामाकरण गरियो । वि.सं. २०५२ सालमा यस कार्यालयको नाम क्षेत्रीय खाद्य प्रयोगशाला रहन गयो । यस प्रयोगशालालाई सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरि मोरंङ्ग जिल्लाको विराटनगर महानगरपालिकामा वि.सं. २०५३ भाद्र ३१ मा स्थानान्तर गरियो । वि.सं. २०५७ श्रावण २३ गतेबाट यस कार्यालयको नाम क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रहन गयो । वि.सं. २०७१ साल फागुन देखि यस क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आफ्नै प्राङ्गणमा नव-निर्मित भवनबाट सेवा प्रदान गरिरहेको छ । वि.सं. २०७५ साल श्रावण महिना देखि कार्यालयको नाम परिवर्तन भई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भएको छ । यस कार्यालय अन्तर्गत झापा, सुनसरी, धनकुटा तथा उदयपुरमा गरी चारवटा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरु समेत स्थापना भएका छन् ।

 

कार्यालय प्रमुखको नाम : ब.खा.अ.अ. श्री पुष्प लाल राई,  फोन नः  ९८४२०५१५२९

सुचना अधिकारी: बिक्रम लिम्बु   फोन नः  9852081018

सम्पर्क नं.: ०२१-४७०२२१

ईमेल:  rftqcobrt@gmail.com; ftqcobrt@gmail.com

पुराठेगाना: तिनटोलिया सोमबारेहाट बिराटनगर-१०

कार्यक्षेत्र: झापा, सुनसरी, उदयपुर, धनकुटा, मोरङ्ग, ईलाम, पाञ्चथर, ताप्लेजुङ्ग, भोजपुर, तेह्रथुम, संखुवासभा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु

डिभिजन कार्यालयहरु: झापा, सुनसरी, उदयपुर, धनकुटा

 

यस कार्यालयको क्रियाकलाप :

क) खाद्य  तथा दाना स्वच्छता तथा गुणस्तर नियमन

  • खाद्य तथा दाना उद्योग स्थापनार्थ सिफारीस, अनुमतिपत्र जारी तथा निरीक्षण
  • खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि तालीम, प्रचार प्रसार
  • खाद्य तथा दाना उद्योग/बजार निरिक्षण, नमूना संकलन र कारवाही
  • होटल रेष्टुरेन्ट, मिठाइ पसल अनुगमन निरिक्षण
  • खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि उपभोक्ता शिक्षा तथा जनचेतना
  • खाद्य स्वच्छता सम्बन्धि दिवस, चाड पर्व, मेला लक्षित विशेष कार्यक्रम

ख) खाद्य प्रविधि तथा पोषण

  • खाद्य प्रविधि तथा पोषण अनुसन्धान कार्यक्रम
  • खाद्य प्रशोधन तथा खाद्य पोषण तालिम, प्रचार प्रसार, सुचना तथा संचार कार्यक्रम
  • खाद्य प्रविधि तथा पोषण अनुसन्धान तथा विकास कार्यक्रम
  • तालिम, सुचना तथा संचार कार्यक्रम
  • स्वरोजगार सृजनाका लागि सिप मूलक तालिम
  • उद्यमी व्यवसायी उन्मूख प्रविधि विकास तथा परामर्श सेवा
  • सामूदायिक पोषण सुधार कार्यक्रम स्थानीय खाद्य पदार्थहरुको पौष्टिकता पहिचान तथा पोषिला स्थानीय खानाको प्रचार प्रसार, खाने बानीमा सुधार सम्बन्धी कार्यक्रम प्रदर्शन, मेला आदि ।

ग) खाद्य तथा दानाप्रयोगशाला

१. स्वदेशमा उत्पादन हुने खाद्य वस्तुहरु तथा दाना पदार्थहरुको जांच विश्लेषण सेवा

२. भौतिक तथा रासायनिक प्रयोगशाला सेवा तथा शुक्ष्म जैविक प्रयोगशाला सेवा

३. प्रयोगशाला सम्बन्धी तालीम एवं क्षमता अभिवृद्धि कार्यक्रम

 

क्र.सं.

कर्मचारीको नाम/थर

पद

सेवा/समुह/श्रेणी

१

पुष्प लाल राई

ब.खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.द्वि. (प्रा.)

२

विक्रम लिम्बु

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ.(प्रा)

३

ऋचा हुमागाई

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ. (प्रा.)

४

प्रकृति वस्ती

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ. (प्रा.)

५

प्रवेश पोखरेल

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ. (प्रा.)

६

संगम दाहाल

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ. (प्रा.)

७

बिजय पराजुली

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.प्र.(प्रा.)

८

रमेश कोइराल

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्रथम

९

विमला तामाङ

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.प्र.(प्रा.)

१०

दृष्य ढकाल

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.प्र.(प्रा.)

११

प्रमिला रार्इ

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.प्र.(प्रा.)

१२

बादल चेम्जोंग

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.प्र.(प्रा.)

१३

सिरोज पोखरेल

ना.प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.द्वि.(प्रा.)

१४

रिक्त

ना.प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं.द्वि.(प्रा.)

१५

रिक्त

खा.अ.अ

माइक्रोवाइलोजी/रा.प.तृ. (प्रा.)

१६

योगेश थापा

क.अ.

विविध/विविध/रा.प.अनं.प्र.

१७

कृष्ण प्रसाद भट्टराई

का.स.

प्र./सा.प्र./श्रेणी विहिन

१८

बुच्ची देवी मण्डल

का.स.

प्र./सा.प्र./श्रेणी विहिन

१९

धनकुमार राजवंशी

ह.स.चा.

श्रेणी विहिन