खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढ़ी

कार्यालयको परिचयः

 वि.स. २०५२ सालमा क्षेत्रीय खाद्य प्रयोगशालाको रुपमा यस कार्यालय स्थापना भएको हो ।तत्पश्चात वि.सं. २०५७ सालमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नामकरण भएकोमा संघिय संरचना अनुरुप विस्तार पश्चात वि .सं.२०७५ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी नामकरण भइ यो कार्यालय संचालनमा रहेको छ। यस कार्यालयको कार्यक्षेत्र सुदुरपश्चिम प्रदेशका सबै ९ जिल्लाहरु रहेको हो ।

कार्यालय प्रमुखको नाम : ब.खा.अ.अ. श्री हरेराम प्रधान,  फोन नः  ९८५८४२२९७२

सुचना अधिकारी: आरती भट्ट:  फोन नः  9858488972

सम्पर्क नं.:  ०९१- ५२२९७२

ईमेल:  rftqc091@gmail.com

कार्यक्षेत्र: बैतडी, दिपायल, डडेलधुरा, कैलाली, कञ्चनपुर बझाङ्ग, अछाम, बाजुरा, दार्चुला मातहतका डिभिजन डिभिजन कार्यालयहरु: बैतडी, दिपायल, डडेलधुरा

यस कार्यालयको क्रियाकलाप :

क) खाद्य  तथा दाना स्वच्छता तथा गुणस्तर नियमन

  • खाद्य तथा दाना उद्योग स्थापनार्थ सिफारीस, अनुमतिपत्र जारी तथा निरीक्षण
  • खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि तालीम, प्रचार प्रसार
  • खाद्य तथा दाना उद्योग/बजार निरिक्षण, नमूना संकलन र कारवाही
  • होटल रेष्टुरेन्ट, मिठाइ पसल अनुगमन निरिक्षण
  • खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि उपभोक्ता शिक्षा तथा जनचेतना
  • खाद्य स्वच्छता सम्बन्धि दिवस, चाड पर्व, मेला लक्षित विशेष कार्यक्रम

ख) खाद्य प्रविधि तथा पोषण

  • खाद्य प्रविधि तथा पोषण अनुसन्धान कार्यक्रम
  • खाद्य प्रशोधन तथा खाद्य पोषण तालिम, प्रचार प्रसार, सुचना तथा संचार कार्यक्रम
  • खाद्य प्रविधि तथा पोषण अनुसन्धान तथा विकास कार्यक्रम
  • तालिम, सुचना तथा संचार कार्यक्रम
  • स्वरोजगार सृजनाका लागि सिप मूलक तालिम
  • उद्यमी व्यवसायी उन्मूख प्रविधि विकास तथा परामर्श सेवा
  • सामूदायिक पोषण सुधार कार्यक्रम स्थानीय खाद्य पदार्थहरुको पौष्टिकता पहिचान तथा पोषिला स्थानीय खानाको प्रचार प्रसार, खाने बानीमा सुधार सम्बन्धी कार्यक्रम प्रदर्शन, मेला आदि ।

ग) खाद्य तथा दानाप्रयोगशाला

१. स्वदेशमा उत्पादन हुने खाद्य वस्तुहरु तथा दाना पदार्थहरुको जांच विश्लेषण सेवा

२. भौतिक तथा रासायनिक प्रयोगशाला सेवा तथा शुक्ष्म जैविक प्रयोगशाला सेवा

३. प्रयोगशाला सम्बन्धी तालीम एवं क्षमता अभिवृद्धि कार्यक्रम

 

क्र.सं.

कर्मचारीको नाम/थर

पद

सेवा/समुह/श्रेणी

१

हरेराम प्रधान

व.खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.द्धि.

२

आरती भट्ट

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ.

३

शंकर न्यौपाने

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ.

४

सजिन डंगोल

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ.

५

नरेन्द्र सिं थलाल

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृ.

६

संगिता रिजाल

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्र.

७

अभिलाषा अर्याल

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्रथम

८

सृजना चौधरी

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्रथम

९

रिक्त

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्र.

१०

रिक्त

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्र.

११

टंक प्रसाद ओझा

क.अ.

नेपाल विविध/रा.पअनं. प्रथम

१२

तोयानाथ ओझा

ना.प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. द्धि.

१३

रिक्त

खा.अ.अ.

माइक्रोवालोजी/रा.प. तृतीय

१४

गीता कुमारी चौधरी

का.स.

श्रेणी विहिन

१५

बिना कुमारी चौधरी

का.स.

श्रेणी विहिन

१६

रमेश कुमार चौधरी

ह.स.चा.

श्रेणी विहिन