नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

बबर महल, काठमाडौँ

Nepal Flag
२०८२ भदौ २४ गते

सोधिरहने प्रश्नहरू

विभागको LIMS प्रणालीमा कसरी रजिष्टर गर्न सकिन्छ?

पहिलो पटक http://lims.dftqc.gov.np/register  लिंक राखि खुल्ने वेवपेजमा आफ्नो विवरण भर्नुहोस् । त्यसपछी विभागबाट तपाईंको विवरण verify गरेपछी तपाईले उक्त प्रणाली प्रयोग गर्न सक्नु हुनेछ । रजिष्टर भएपछि तपाईंले http://lims.dftqc.gov.np लिंक राखि खुल्ने वेवपेजमा आफ्नो प्रयोगकर्ता नाम र पासवर्ड राखि लगईन गर्नु होस् र उक्त प्रणाली प्रयोग गर्नुहोस् ।


खाद्य उद्योग दर्ताको लागी सिफारिस लिन के कस्ता कागजात आवश्यक पर्दछन ? साथै राजस्व कति लाग्दछ ?

  • रु.१०(दश) को हुलाक टिकट टाँस गरेको निवेदन,
  • उद्योग दर्ता गर्ने  कार्यालयले पठाएको पत्र,
  • खाद्य उद्योग स्थापना गर्न चाहाने व्यक्तिको नागरिकताको प्रतिलिपि, र
  • खाद्य उद्योगमा उत्पादन गर्न अपनाइने प्राविधिक योजना पेश गर्नुपर्छ; र सो योजनामा तोकिएको खाद्य बस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थको स्रोत र किसिम, मेसिनरीहरुको विवरण, सरसफाइको व्यवस्था, उत्पादन बिधि, प्राविधिक जनशक्तिको व्यवस्था तथा गुण नियन्त्रणको लागी आवश्यक अन्य कुराहरु खुलाएको हुनुपर्नेछ ।
  • उद्योग सिफारिको राजस्व रु २००  लाग्छ ।

खाद्य वस्तुको लेवलमा हुनु पर्ने विवरणहरु के के हुन?

प्याक गरिएका खाद्य वस्तुको बाहिरी आवरण/प्याकेटमा  विवरण हुनुपर्दछ।

  • खाद्य वस्तुको नाम
  • समिश्रण (मिसाइएको वस्तुहरु) को विवरण मात्रा सहित
  • उद्योगको पूरा नाम र ठेगाना
  • उद्योगको रजिस्ट्रेसन नम्बर
  • उत्पादन मिति
  • उपभोग्य मिति
  •  ब्याच नम्बर
  • रंग र परिरक्षी प्रयोग गरेको भए अनिवार्य खुलाउनुपर्ने
  • उपभोग विधि आवश्यक भए
  • भण्डारण विधि आवश्यक भए
  • अनुज्ञापत्र नम्बर

 


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग कहा अवस्थित रहेको छ ?

ववरमहल काठमाण्डौ मा सिंहदरवार दक्षिण गेटको अगाडी रहेको छ । विभागको अवस्थिति गुगल म्यापमा हेर्न यहा Contact क्लिक गर्नुहोस ।